समाचार

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

विद्यालयमा सेनाले गोली चलाउँदा छ बालबालिकाको मृत्यु, १७ जना घाइते

यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको अन्तिम टुंगो लगाउदै

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बस्दैछ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । यद्यपि आजको बैठकको समय तय भइनसकेको एक नेताले जानकारी दिए । यसअघि भदौ ३० गते बिहिबार बसेको बैठकले निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि असोज ४ गते प्रत्यक्ष तर्फको सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो । समानुपातिक बन्द सूची बुझाउनका लागि

सशस्त्रमा तक्मा पाउनेको सुची देखेर प्रहरी अधिकारी अचम्मित

काठमाडौं । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषणको सूची देखेर सशस्त्र प्रहरी बलका अधिकारी अचम्मित भएका छन् । सिनियर अफिसरले चाकडी र चलखेलकै आधारमा विभूषण हात पारेका छन् । यसपटक विभूषण पाउनेमा एक्ला डिआइजी अभि खत्री हुन् । उनले करिब दुई वर्ष कर्णालीको बाहिनी चलाए । एसएसपी हुँदादेखि नै उनलाई त्यहाँ राखिएकोमा गत वर्षको सरुवामा पनि चलाइएन । हालै मात्र हेडक्वार्टर सरुवा भएका उनले विभूषणसमेत पाएका छन् । नेपाल प्रताप

समानुपातिकतर्फ ४८  राजनीतिक दलद्धारा उम्मेदवारको बन्दसूची दर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार ४ दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका

नेपाललाई ३८ वर्षपछि उपाधि जित्ने अवसर

काठमाण्डौं । नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा फुटबलको अधिकारिक प्रतियोगितामा उपाधि जित्ने अवसर मिलेको छ । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको फाइनलमा सोमबार नेपालले बंगलादेशको सामना गर्दैछ । स्वदेशमा सन् १९८४ मा भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाली पुरुष टोलीले फुटबल उपाधि जितेको थियो । सिनियर टोलीले स्वदेशमा जितेको त्यो एकमात्र औपचारिक अन्तर्राष्ट्रिय फुटबल उपाधि हो ।

संविधान दिवसमा ९९८ जनालाई विभूषण, पूर्व प्रधानमन्त्री कोइरालालाई नेपाल रत्न

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेकी छन् । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए । राष्ट्रपति भण्डारीले आज संविधान दिवसका अवसरमा अन्य विभिन्न महानुभावलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो । त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन् । दिवसका अवरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरिन् । नेपाली जनताको दशकौँ

नजरबन्दमा चोलेन्द्र- सुरक्षाकर्मी र भीभीआईपी कार खोसियो

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी खोसेको छ । प्रहरी प्रधान कार्यालयले अगुवा र पछुवा गाडीसहितका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै जबराका सुरक्षाकर्मी खोसिएका हुन् । स्रोतका अनुसार सरकारले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई जबराका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको थियो । जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना सुरक्षाकर्मी खटाइएको थियो । प्रहरीले गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाएको हो

संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका