समाचार

मनास्लु हिमपहिरोमा कम्तीमा १३ जना बेपत्ता

काठमाडौं । मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका छन् । ८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमालको ४८ सय मिटर उचाईमा रहेको आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, दिउँसो गएको हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ । छाङदावाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीनवटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा

बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा

चाडै नेपाल फर्किएर झुटो जाहेरीको प्रतिवादी गर्छुः सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोप लागी विदेशमै फरार रहेका क्रिकेटर सन्दीप लामिछानेले आफु बिरामी भएको बताएका छन् । आफुविरुद्ध झुटा जाहेरी परेको र छिट्टै नेपाल फर्किएर प्रतिवाद गर्ने उनको भनाई छ । गत ५ भदौमा पिंगलास्थानको होटलमा आफुमाथि बलात्कार भएको भनेर उनीविरुद्ध एक युवतीले जाहेरी दिएकी थिइन् । विदेशमा रहेका सन्दीप अझै फर्किएका छैनन् । सामाजिक सञ्जालमार्फत उनले आइतबार यस्तो अपिल गरेका छन्ः १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन

३ जना एसएसपीको काज सरुवा

काठमाण्डौं । गृह मन्त्रालयले ३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरुवा गरेको छ । बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए । सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । शुक्रबार

डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । उनका अनुसार सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले

सोह्रश्राद्ध आजदेखि सकिदै

काठमाडौं । पितृपक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरेसँगै आजदेखि सोह्रश्राद्ध सकिएको हो । सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य

आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । आयोगले संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गर्न लागेको हो। छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको शर्माले बताए । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने

कलाकार बुद्धि तामाङले गरे बिहे

काछमाण्डौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । अनु स्नातक तहमा अध्ययनरत् छिन् । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन्

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु

हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिक(५ मा पर्ने कर्रा खोलामा पौडी

निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए । आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ