कलाकार बुद्धि तामाङले गरे बिहे


  • कलाकार बुद्धि तामाङले गरे बिहे

    काछमाण्डौं ।
    कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । अनु स्नातक तहमा अध्ययनरत् छिन् । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो ।
    उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् । परिवारको माध्यमबाट बुद्दि र अनुको भेट भएको हो । अभिनयमा पारंगत मानिने बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् ।
    हाँस्य कलाकार केदार घिमिरे, रंगकर्मी तथा निर्देशक अनुप बराल, कलाकार विजय बराल, निर्माता-निर्देशक अशोक शर्मालगायत बुद्दिको विवाहमा जन्ती गएका थिए । बुद्दिले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत तीन दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । अझै उनका दर्जनौं फिल्म प्रदर्शनको पखाईमा छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *