काठमाडौंमा डेंगुका बिरामी बढे
काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा डेंगुको प्रकोप बढी हुने गरेको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ३ महिनादेखि हालसम्म देशभर १ हजार ९ सय २३ जनामा डेंगु पुष्टि भइसकेको छ । उपत्यकाको ललितपुरमा सबैभन्दा धेरै डेंगु संक्रमित रहेका छन् । ललितपुरमा ५ सय २९ जनामा डेंगुको संक्रमण