समाचार

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा

वैशाख १ मा ‘भगवत गीता’

काठमाडौं । शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्मको सुहाना थापा प्रोडक्सनले आगामी वैशाख १ गतेलाई रिलिज मिति तोकेको छ । ‘भगवत गीता’ फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । सुनीलकुमार थापाले निर्माण गर्ने फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको निर्देशक थापाले वताइन । फिल्ममा अन्तरजातीय प्रेमकथालाई देखाइने समेत निर्देशक थापाले वताइन ।

ला लिगामा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रियल सोसिडाडमाथि ४–१ को जित निकालेको छ । स्टेडियो एनोएटामा सम्पन्न खेलको पहिलो मिनेटमै रोबर्ट लेवान्डीस्कीले बार्साका लागि गरे । तर, छैटौं मिनेटमा घरेलु टोलीका अलेक्जेन्डर इसकले गोल फर्काउँदा पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफमा भने बार्सिलोनाले ३ गोल थप्न सफल भयो । ६६औं मिनेटमा ओस्माने डेम्बेलेले अंशु फाटीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै ६८औं मिनेटमा

पेस्तोलसहित मोरङमाबाट २ युवक पक्राउ

विराटनगर । भारतबाट बिक्रीका लागि नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ १ जनालाई गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का १ व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ का २९ वर्षीय नविन धिमाल छन् । सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो। आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।

अध्यादेशबाट काम चलाउँदै बागमती सरकार

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट काम चलाउन थालेको छ । २ सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ । साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो । अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ र प्रदेश निजामती सेवा अध्यादेश, २०७९ अध्यादेश सरकारले संसद्

गुल्मी-२ बाट विर्वाचन लड्ने झाँक्रीको घोषणा

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सासंद रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र-२ बाट विर्वाचन लड्ने घोषणा गरेकी छन् । सासंद झाँक्रीले आइतबार फेसबुकमार्फत आफू गुल्मी क्षेत्र नम्बर दुईमा विर्वाचन लड्ने जानकारी दिएका हुन् । एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएका छन् । झाँक्री यसअघि नेकपा एमालेबाट समानुपातिक सासंद बनेका थिए । गुल्मी क्षेत्र-२ मा एमालेका गोकर्ण विष्ट सासंद छन् ।

गृहमन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिएका छन् । तस्करीको सुन लुकाएको आरोपमा उनले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।   त्यससम्बन्धि उजुरी परेपछि उनीमाथि छानबिन सुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ । गत गत

मेयर साहले धनपतिलाई नगर प्रहरी प्रमुखबाट हटाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएका छन् । मेयर साहले सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका छन् । महानगरपालिकामा ५ जना नगर प्रहरी उपरीक्षक (एसपी) मध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको स्रोतले बतायो । मेयर साहले यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई प्रशासनतर्फ खटाएका छन् ।दृष्टिन्युज

निर्देशक सुबेदीको नयां भिडियो आउदै

नेपालगंज । पछिल्लो समय नेपालीसंगै थारु रोमान्टिक गीत छायांकनका लागि सबैभन्दा आकर्षक थलो बांकेको गाभर होमस्टे बनेको छ । नेपालगंजबाट २२ किलोमिटर टाढा पक्की र ग्राभल सडकको यात्रा संगै सामान्य खर्च गरेर पुगिने होमस्टेमा धेरै गीत खिचिएको छ । गाभर होमस्टेमा गीत खिच्नेको मात्र संख्या बढेको छैन, आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य पनि बनेको छ । आकर्षक गन्तव्य गाभर होमस्टेमा  मोफसलमा बसेर अब्बल भिडियो निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदिले