समाचार

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकमासहित विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ । शनिबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि

गठबन्ध दलहरुले एउटै चिन्हबाट निर्वाचन लड्न पाउने

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो । आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्नसक्ने सुविधा दिएको जानकारी दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन

निर्वाचनमा मिलेर जाने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो । बैठकले सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनाएको छ । स्रोतका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर काकी छन् । माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् । नेकपा एकीकृत समाजवादीबाट

एमालेले हार्दा देशले हार्छ : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले हार्दा देश नै हार्ने बताएका छन् । शुक्रबार एमाले उपत्यका विशेष कमिटिको बैठकमा ओलीले देशको जित हुन आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने बताएका हुन् । एमालेका लागि त केही छैन । ५ वर्ष प्रतिपक्षमा बस्छ । त्यहीँबाट सुशासनको पक्षमा आवाज उठाउँछ । तर एमालेले हार्दा देश हार्छ,’ ओलीले भने, ‘देशले जित्नका लागि पनि एमालेले जित्नुपर्छ । एक वर्षमै गठबन्धनले देशलाई यो अवस्थामा

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापान जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापान जाँदै छन् । राति १० बजे प्रचण्ड नेतृत्वको टोली जापान भ्रमणका लागि प्रस्थान गर्नेछ । बिहान सम्पन्न ५ दलीय गठबन्धनको बैठकले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको थियो ।

उपेन्द्र यादवले जितेको क्षेत्रबाट सिके राउत निर्वाचन लड्ने

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचन लड्ने भएका छन् । यसअघि यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ । गत स्थानीय निर्वाचनमा राउतको घर रहेको वडा महादेवा गाउँपालिका–२ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो । सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाका प्रमुख पदमा जनमत पार्टीले जितेको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ । बैठकमा मंसिर ४ को चुनावमा गठबन्धन दलहरुबीच हुने भागबण्डाका विषयमा छलफल सुरु हुने काँग्रेस नेता रामचन्द्र पौडेलले बताए । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ । सरकारले बिहीबार मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेलगत्तै गठबन्धन छलफलमा जुटेको हो ।

मुग्लिन–नारायणगढ सडक खण्ड अवरूद्ध

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड राति २ बजेदेखि अवरूद्ध भएको छ । भरतपुर–२९ केराबारीमा ठूलो पहिरो झरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हाल ३ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ । ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

मतदाता नामावली संकलन स्थगित

काठमाडौं । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ । चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाको भबोलीसम्म संकलन गरिने उनले बताए । यसैबीच २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनयता २७ लाख मतदाता थपिएका छन् । योसँगै अहिले १ करोड ८१

बावुछोराले लगाए एकैदिन डिएसपीको फुली

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् । उनीहरुसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।राजेन्द्रले २०५१