माघ २० मा हिँड्दा हिँड्दै’ प्रदर्शन हुने
काठमाण्डौ । मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।आगामी माघ २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाह रोमान्टिक अवतारमा प्रस्तुत छन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले पनि अभिनय गरेका छन्