समाचार

दैलेखमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

दैलेख । दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ ।

कांग्रेसका १० भ्रातृ संस्था भंग

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा मंगलबार बसेको समितिको बैठकले म्याद सकिँदा पनि भ्रातृ संस्था अधिवेशन गर्न नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरी नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । तदर्थ समिति गठनको अधिकार भने सभापति शेरबहादुर देउवालाई दिइएको छ । प्रवक्ता प्रकाशशरण महतले म्याद समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वतः विघटन

मन्त्री आलेको चेतावनीपछि क्यासिनोद्वारा ७६ करोड राजस्व दाखिला

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् । गत माघ २८ गते पर्यटनमन्त्री आलेले होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर नतिर्ने होटलहरूको अनुमति रद्द गर्ने चेतावनी दिएका थिए । मन्त्री आलेको उक्त चेतावनीपछि क्यासिनोहरुले धमाधम बक्यौता बबुझाउन थालेका हुन् । मन्त्री आलेको चेतावनीपछि ७६ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको पर्यटन

सात हजार वढी प्रहरी जवानहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा भएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको जनाएको छ । लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानिय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा गरिएको हो । सरुवा हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोस www.nepalpolice.gov.np

आजदेखी इमर्जिङ नेपालको आइपिओमा आबेदन खुला

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता

निर्वाचन तयारीमा जुट्यो एमाले

काठमाडौं । नेकपा एमालेले निर्वाचन केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको हो । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् । उद्घाटन सत्रमा पार्टी केन्द्रीय

कांग्रेस पदाधिकारीको औपचारिक बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अनौपचारिक छलफल भएको र औपचारिक बैठक भने आज बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । मंगलबार (हिजो) बसेको बैठकमा सभापति शेरबहादुृर देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भने आज बस्न लागेको हो । आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।  

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो । अर्को बैठक फागुन २ गते बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति

आज अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा हुस्सु लागेको छ । त्यस्तै आज (बुधबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक

नवराजको 'सितरी यी मौसम' मा कृष्ण र मौसमीको जोडी

नेपालगंज। मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले फेरी अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन । शुक्रबार एक कार्यक्रमका विच कलाकार सहित भिडियो सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए । बाँकेको पर्यटकिय स्थल ढकेरीमा छायांकन गरिएको