समाचार

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते हुनुभएको थियो । घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी

मिस अमेरिका चेस्लीद्धारा आत्महत्या

काठमाडौं । सन् २०१९ मा मिस अमेरिकाको ताज पहिरेकी चेस्ली क्रिस्टले आइतवार आत्महत्या गरेकी छन् । उनले न्यूयोर्कस्थित म्यानहटनको एउटा भवनको २९ औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् । न्यूयोर्क पुलिस र उनको परिवारले जनाए अनुसार उनी केही दिनदेखि सोही भवनको नवौँ तलामा बस्दै आएकी थिइन् । अन्यायपूर्वक जेलजीवन बिताउन वाध्य गरीब र असहायको निशुल्क परामर्श र कानुनी लडाइ गर्दै आएकी क्रिष्ट ३० वर्षकी थिइन् । दुइ विषयमा मास्टर्स गरेकी

गृहमन्त्री खाँणद्धारा १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध

देउवा र प्रचण्डबीच भेटवार्ता, निर्वाचन र एमसीसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । इतबार मात्रै प्रधानमन्त्रीले एमसीसी पास नगरे फिर्ता जाने र गठबन्धन टुट्ने जस्ता अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवाको उक्त भनाइकै कारण अहिले सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस भइरहेको

१३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९

ओमिक्रोनको सङ्क्रमण बढेसँगै  भारतबाट आवतजावत बन्द

कञ्चनपुर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समेत) नगर्ने/नगराउने निर्णय गरेको छ । अति आवश्यक कामले जानै पर्ने भए सोसँग

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ, एसएमएस,

नेता वर्षमान पुन आज चीनबाट स्वदेश फर्कदै

काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ चीनबाट आज स्वदेश फर्किँदैछन् । नेता पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कने भएका हुन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् । पुनले सामाजिक सन्जालमार्फत् सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी दिएका थिए । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा

अवैध लागूऔषध सहित पक्राउ

ईलाम । ईलाम, रोङ गाउँपालिका–४ जोरकलशबाट करिब १ ग्राम २ सय मिलिग्राम चरेस जस्तो देखिने पदार्थ र ८९ ग्राम गाँजासहित सुनसरी बराहक्षेत्र नगरपालिका–१ चियाबारी बस्ने ३५ वर्षीय राज कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले पैदलयात्री राईलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस्तै, कास्की, पोखरा महानगरपालिका–१ सिमपानीबाट १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ

भारतमा एकै दिन तीन लाख बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन् । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख