समाचार

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । बैठक अपराह्न ६ बजेदेखि सात बजेसम्म भएको बताइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल भएको बताइएको छ

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुँदै

धनुषा । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा सहभागी जनाउने निर्णय गरेको हो । बैठकबाट शत्रुधन महतालाई संसदीय दलको नेताका रूपमा चयन गरिएको छ । सरकारमा सहभागी हुने विषयमा महताले नै मुख्यमन्त्री लालबाबु राउतसँग समन्वय गर्ने छन् । सरकारमा सहभागी हुनेको नाम भने सहमतिका आधारमा टुंग्याइने बताइएको छ ।

डिएसपी कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत प्रोफेसनल लेभल–३ मा छनोट

काठमाडौं । नेपाल प्रहरीका डिएसपी किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । खुला प्रतिस्पर्धाबाट उनी सो महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् । नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले उनलाई सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रतिष्ठानका एआइजी निरज शाहीले उनलाई सम्मान गरेका छन् । प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज एमसिसी विरुद्ध काठमाण्डौमा वृहत प्रदर्शन गर्दै

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध आज काठमाण्डौमा वृहत प्रदर्शन गर्दैछ। पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज काठमाडौंको खुलामञ्चमा दिउँसो १ बजे एमसिसीविरुद्ध वृहत् प्रदर्शन तथा सभा गर्ने तयारी गरिएको जानकारी दिए। सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बस्दैछ । दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । प्रतिनिधिसभामा एमालेले बारम्बार अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सभामुख सापकोटाको सचिवालयले सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख

रोजगारीका लागि इजरायल जानेहरुको भाषा परीक्षा आज

काठमाडौं । रोजगारीका लागि इजरायल जानेहरुको भाषा परीक्षा आज हुने भएको छ । बैदेशिक रोजगार विभागका अनुसार इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि आज दिउँसो १ बजे अँग्रेजी भाषाको परीक्षा हुनेछ । त्यसका लागि काठमाडौं उपत्यकामा ११ वटा परीक्षा सेन्टर तोकिएको छ ।स्वास्थ्य मापदण्ड पालना गरेर भौतिकरुपमा उपस्थित भइ गराउन लागिएको उक्त परीक्षामा ९ हजार बढीले परीक्षा दिनेछन् । ९ हजार ६९९ जनाले परिक्षाको लागि आवेदन दिएको र ती मध्ये

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको

बागमती सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन नगर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नेकपा एमाले विभाजनल भएपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता पनि चयन गरेको छ ।

शिशुको हत्या आरोपमा आमा बुवा पक्राउ

काठमाडौं । रुपन्देहीमा एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७ महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताए । शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थिए

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गर्दै आएको छ । आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजी गरेको थियो