जिप दुर्घटना हुँदा एकको मृत्यु, नौ जना घाइते
ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो । घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।