समाचार

शिशुको हत्या आरोपमा आमा बुवा पक्राउ

काठमाडौं । रुपन्देहीमा एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७ महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताए । शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थिए

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गर्दै आएको छ । आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजी गरेको थियो

जिप दुर्घटना हुँदा एकको मृत्यु, नौ जना घाइते

  ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो । घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । गृहमन्त्री वालकृष्ण खाणका अनुसार भोलि (सोमबार) दिउँसो २ः३० बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने जनाइएको छ। गत बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरुमा एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई

जनतालाई मान्य नहुने एमसीसी लागु गर्नु हुँदैन : राजेश हमाल

काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्ने/नगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरोध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली

सभापति उमेदवारबाट पछि हट्दैन : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति पदबाट उमेदवारबाट आफू पछि नहट्ने बताएका छन् । शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । नेता कोइरालाले भने, ‘म सभापतिमै उठ्ने नै प्रयत्न गर्दैछु ।’ महामन्त्री कोइरालाले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको भन्दै विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको बताए

चार दिने भ्रमणका लागि नेपाल आइपुगिन एमसिसी उपाध्यक्ष सुमार

काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरू बिहान कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन् । उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने

काठमाडाैं । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नगर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी कात्तिकमा पुनः सञ्चालन गर्ने भएपनि गत जेठमा नेपालकाे नक्सामा समेटिएका ती भूभागमा भने गणना नगर्ने भएको हो। विभागका महानिर्देशक नेबललाल श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न नसक्ने जनाए। ‘यो एकदमै संवेदनशील विषय हो। तथ्यांक विभागमात्रै गएर त्यहाँ जनगणना गर्नसक्ने अवस्था छैन।

राष्ट्रियसभामाको दोस्रो बैठक २५ गते बस्ने

काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ । प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो । दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक

एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

काठमाडौं । एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेस गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक २५ गतेसम्मका लागि स्थगित गरेका छन् । यसअघिका दुई बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेर अवरोध पुर्‍याएका थिए । पहिलो बैठक