समाचार

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टीमा सनाखत

इङ्ल्यान्डलाई १५७ रनले हराउदै भारतको जीत

काठमाडौं । पहिलो इनिङ्समा खराब प्रदर्शन गरेपनि दोस्रो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले चौथो टेस्टमा इङ्ल्यान्डलाई १५७ रनले हराएको छ । दोस्रो इनिङ्समा ४६६ रन बनाएपछि इङ्ल्यान्डले जितका लागि ३६८ रनको लक्ष्य पाएको थियो । अघिल्लो दिन इङ्ल्यान्डले विना विकेट क्षति ७७ रन बनाएको थियो । त्यसैले अन्तिम दिन इङ्ल्यान्डलाई जितका लागि २९१ रनको आवश्यकता थियो । तर, घरेलु टोली इङ्ल्यान्डले १५७ रन बनाउँदा सबै विकेट गुमायो । जितसँगै भारतले

गृहनगरमै भीम रावलले पाएनन मेयर र उपमेयरको साथ

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढथापाले आइतबार नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्यसमेत थिए । नेकपा (एस)मा सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । उनले कुनै नेतालाई भन्दा पनि विचारलाई रोजेको प्रतिक्रिया दिए

आज कुशे औँसी तथा बावुको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल

इलाममा ५७ जनप्रतिनिधिले एकीकृत समाजवादीमा गरे सनाखत

झापा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी इलाममा बलियो देखिएको छ । सो जिल्लाका दुई पालिका प्रमुखसहित ५७ जनाले एकीकृत समाजवादी पार्टी रोजेका हुन् । सोमबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर प्रदेश सांसद खिनु लङ्वा लिम्बु, सूर्योदयन गाउँपालिकाका प्रमुख रणबहादुर राई , माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई, जिल्ला सन्वय समिति उपप्रमुख चित्रकला बराइलीसहित ५७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एकीकृत समाजवादी रोज्नेमा पूर्व प्रधानमन्त्री झलनाथ

अज्ञात समूहद्वारा एकै परिवारका ६ जनाको हत्या

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए। सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी

गोरु काटेको आरोपमा स्याङ्जामा तीन जना पक्राउ

काठमाडौं । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् । प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको स्याङजा प्रहरीले जनाएको छ

पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु

काठमाडौं । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन् । यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।

विश्वकप छनोटमा क्रोएसिया, रुस र स्लोभेनिया विजयी

पेरिस- विश्वकप छनोट अन्तर्गत युरोपेली प्रतियोगिताको समुह एच मा गए राति क्रोएसिया,रुस र स्लोणेनियाले जित हासिल गरेका छन । क्रोएसियाले समय सकिन चार मिनेट बाँकी रहँदा मार्को ब्रोजोभिचले गरेको गोलबाट स्लोभाकिया भ्रमणमा १-० को जित निकाल्दा रुसले साइप्रसलाई २-०, तथा स्लोभेनियाले माल्टालाई १-० को नतिजामा निराश पारे । रुसले साइप्रस भ्रमणमा २-० को जित निकाल्दा एलेक्जेन्डर येरोखिन र रिफात झेमालेट्डिनोभले गोल गरे । यसैगरी स्लोभेनियालाई घरेलु मैदानमा जित दिलाउन सान्डी