समाचार

स्पेनलाई टाइब्रेकरमा हराउदै इटाली फाइनलमा प्रवेश

काठमाडौं । इटालीले स्पेनलाई टाइब्रेकरमा हराउदै युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि उचालेको थियो । आज भएकाे पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई ४–२ गोल अन्तरले हराएको हो ।  इङ्ल्यान्डको वेम्बली स्टेडियममा अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट

तालिबानसंगको भिडन्तपछि अफगानि सैनिकहरु ताजिकिस्तानतर्फ भागे

काठमाडौं । अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्। ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू आफ्नो ज्यान जोगाउनू भागेर सीमापार पुगेका हुन्। अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा तालिबानहरूले देशको उत्तरी भेगमा कब्जा गर्ने कार्यमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताइएको छ।बीस वर्षपछि अमेरिका, यूके र गठबन्धन सैन्य त्यहाँबाट फिर्ता जान थाल्दा भिडन्तहरूमा वृद्धि भएको देखिएको

काेभिड-१९ माथि राजनीति गर्न नहुने चिनियाँ राष्ट्रपतिको आग्रह

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पीङले काेभिड-१९ माथि राजनीति गर्न नहुने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले कोभिड १९ को समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने बताउँदै राजनीति गर्न नहुने समेत बताए । सम्बोधनको क्रममा राष्ट्रपति सीले कोभिड १९ माथि हुने राजनीति वा भाइरसलाई भौगोलिक नाम दिने कुराको विरोध

झडप बढेसँगै पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यु

चितवन । स्थानीय प्रशासनले पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनकाे राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि कर्फ्यू लगाइएको हाे । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । मंगलबार पनि चितवनको राप्तीमा स्थानीय र प्रहरी बीच झडप भएकाे छ । झडपमा ७ प्रहरी

पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६३४ जना कोभिड बिरामी थपिएका छन् । १२ हजार ५८५ नमुना (पीसीआर ७५०३ र ५०८२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकमा थप १५६५ जना संक्रमणमुक्त भएका छन् ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हाे ।सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी वढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो। प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ

आपतको बेला पनि स्थानीय सरकारले जनतालाई नसघाए कैले सघाउने ?

काठमाडौं : देशमा कोरोना माहामारी व्यापक रुपमा बदिराख्दा जन-जिवन निकै कस्टकर भएको छ । जनताको पिडा दिन प्रती-दिन बढीरहेकै छ । कतिपय जनताहरु खाना खान नपाएर मरिरहेका छन । यति भइराख्दा पनि जनताको पिडा भने सरकारले बुझ्नसकेका छैनन् । कोरोना माहामारीले जनता पीडित थिए, अझ आइले वर्षाको मौसम आएछि बाढी-पहिरोले उहाँहरुको जीवन अझ कस्टकर बनाइसकेको छ । जता-ततै बाढी-पहिरो आइरहेको छ, घरहरु डुवानमा परिरहेका छन । पीडितहरुलाई नत बस्नलाई घरनै

एमालेको ‘रियल लिडर’ माधवजी हो, केपी ओली खस्किदैँछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको ‘रियल लिडर’ पूर्वप्रधानमन्त्री माधव नेपाल भएको बताएका छन् । शनिबार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले भने- एमालेको ‘रियल लिडर’ माधवजी हो, केपी शर्मा ओली खस्किदैँछन् । प्रचण्डले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । उनले पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको बताए । गठबन्धन मुद्दामा आधारित भएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । उनले

नदीको बहावले टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो

कैलाली। कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ । उहाँले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए । कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए । पुल निर्माण भएसँगै