समाचार

कोरोना विरुद्धको खोप कस्तो व्यक्तिले लगाउन मिल्दैन ?

काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सवारी साधनमा भाडा बढाउने ओली सरकारकै निर्णय

काठमाडौं । यातायातको   वृद्धि गरेको भाडादर कार्यन्वयनमा आउने भएको छ ।पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै उक्त सरकारले  सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियोे । यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन अनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडादर बढाइएको हो । विभागका अधिकारीका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय भएको थियो । तर सरकार परिवर्तन

स्नातक तहको परिक्षा साउमा, विद्यार्थीले परीक्षा केन्द्र परिवर्तन गर्न पाउने

काठमाडौं । विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो । यसका साथै सरकारले

अख्तियारका नक्कली डिएसपी पक्राउ

काठमाडौं । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डिएसपी हुँ भन्दै धम्काउने व्यक्ति पक्राउ परेका छन् । एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई अख्तियारले नै पक्राऊ गरेको हो । एम.पि. ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाण्डौमा गई आफुलाई अख्तियारको डिएसपी हुँ भनि महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास

एआईजीको सरूवा राेक्न निर्देशन दिएको छैन : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एआईजीपी सरूवा राेक्न कुनै पनि निर्देशन नदिएकाे बताएका छन् । विभिन्न सञ्चारमाध्यममा सुरूवा राेक्न प्रहरी हेडक्वार्टरसम्म निर्देशन गएकाे भन्ने समाचारकाे खण्डन गर्दै मन्त्री खाणले त्यस्ताे कुनै निर्देशन निदएकाे बताएका हुन् । प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको समाचार सार्वजनिक भइरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने त्यसको खण्डन गरेका हुन् ।

स्नातक उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने

काठमाडौं । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने भएको छ ।  नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई ५१ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले  आर्थिक वर्ष २०७८÷०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए । नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले

आधिकारिकताको मुद्दा टुङ्गो लागे पछि मात्र जसपा सरकारमा जाने

काठमाडौँ। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेको आधिकारिकताको मुद्दा टुङ्गो लागे पछि मात्र सरकारमा जाने भएको छ।मङ्गलवार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता महेन्द्र यादवले बताए । ‘आधिकारिकता सम्बन्धी मुद्दा अहिले निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ’बैठक पछि यादवले भने,‘यो मुद्दाको छिनोफानो भए पछि हामी सरकारमा जान्छौ ।’ देउवा सरकारलाई आफूहरूको पुरै सहयोग र समर्थन हुने उनले बताए । ‘यती दुख गरेर

अपराधिक कार्यमा संलग्न  घुमुवा प्रहरी निलम्बित

दाङ । दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन्। इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन्। त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको एक प्रहरी अधिकारीले बताए। प्रहरी स्रोतकाअनुसार केसी र विकलाई झन्डै १० दिनदेखि पहिला र पुनलाई करिब ३÷४ दिन

देउवा सरकारको पहिलो निर्णय चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क खोप लगाउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाइने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले कोभिड–१९

एकता सहमतिमा वरिष्ठ नेता नेपालको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले हिजो राति गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने उद्देश्यले सहमति गरिएको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनुभएको हो ।कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि पोख्नुभएको हो । सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठबन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको