समाचार

इङ्ल्याण्डलाई हराउँदै युरोकपको उपाधि इटलीले जित्यो

काठमाडौं । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । तर अतिरिक्त समयमा भने दुबै टोलीले कुनै

बर्षातले डेढ दर्जन बढी पुल क्षतिग्रस्त

काठमाडौं । गत  साता  आएको औसत  बाढीले  उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा  र सिरहा  जोड्ने  कमला  नदीको  पुल  भासियो । पुलका  १२  वटा  स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो । सो पुलको एउटा स्पान नदीमा  झरेको  छ  भने  अर्को  ढल्किएको  छ । असार १

विपद् व्यवस्थापनका गर्न गण्डकीका सबै  पालिकालाई पाँच लाख दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए। स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो।चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ। उनकाअनुसार अहिले बाढी पहिरोको प्रकोप निकै बढेका कारण

सहकुलबहादुर थापालाई एआइजीपीमा बढुवा गर्ने  मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै विश्वराज पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् । गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो । सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता

स्पेनलाई टाइब्रेकरमा हराउदै इटाली फाइनलमा प्रवेश

काठमाडौं । इटालीले स्पेनलाई टाइब्रेकरमा हराउदै युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि उचालेको थियो । आज भएकाे पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई ४–२ गोल अन्तरले हराएको हो ।  इङ्ल्यान्डको वेम्बली स्टेडियममा अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट

तालिबानसंगको भिडन्तपछि अफगानि सैनिकहरु ताजिकिस्तानतर्फ भागे

काठमाडौं । अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्। ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू आफ्नो ज्यान जोगाउनू भागेर सीमापार पुगेका हुन्। अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा तालिबानहरूले देशको उत्तरी भेगमा कब्जा गर्ने कार्यमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताइएको छ।बीस वर्षपछि अमेरिका, यूके र गठबन्धन सैन्य त्यहाँबाट फिर्ता जान थाल्दा भिडन्तहरूमा वृद्धि भएको देखिएको

काेभिड-१९ माथि राजनीति गर्न नहुने चिनियाँ राष्ट्रपतिको आग्रह

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पीङले काेभिड-१९ माथि राजनीति गर्न नहुने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले कोभिड १९ को समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने बताउँदै राजनीति गर्न नहुने समेत बताए । सम्बोधनको क्रममा राष्ट्रपति सीले कोभिड १९ माथि हुने राजनीति वा भाइरसलाई भौगोलिक नाम दिने कुराको विरोध

झडप बढेसँगै पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यु

चितवन । स्थानीय प्रशासनले पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनकाे राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि कर्फ्यू लगाइएको हाे । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । मंगलबार पनि चितवनको राप्तीमा स्थानीय र प्रहरी बीच झडप भएकाे छ । झडपमा ७ प्रहरी

पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६३४ जना कोभिड बिरामी थपिएका छन् । १२ हजार ५८५ नमुना (पीसीआर ७५०३ र ५०८२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकमा थप १५६५ जना संक्रमणमुक्त भएका छन् ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हाे ।सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत