समाचार

स्टाफ कलेज तालिममा सेनानी समिर वने सर्वोत्कृष्ट प्रशिक्षार्थी

काठमाडौं । विदेशी ६ सहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेको छ। सेनाका ४ महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका १/१ तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका १/१ सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण (कोभिड-१९) पोजेटिभ देखिएको छ ।     सचिनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिएका छन् । सचिनको कप्तानीमा यसै साता भारतीय लेजेन्ड्सले फाइनलमा श्रीलंका लेजेन्ड्सलाई पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको च्याम्पियन बनेको थियो । आफूलाई कोरोना संक्रमण देखिएपनि घरका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सचिनले

बंगलादेश भ्रमणमा मोदी जाँदा विरोध प्रदर्शन, पाँच जनाको मृत्यु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध हिंसात्मक भएको छ । बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रबार राजधानी ढाका पुगेका हुन् । एउटा इस्लामिक धार्मिक संगठनले शनिबार पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने आइतबार हडताल गर्ने घोषणा गरेको छ । शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको

पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । तीन जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जनाए । उनका अनुसार आइएफआर र भीएफआर उडान हुन नसकेको हो । आज शुक्रबार काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । दृष्टि

विश्वकप छनोटमा जर्मनीको सहज जीत

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे ।     पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा गोल गरेका थिए ।   सातौ

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ ।   धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई जना पक्राउ

कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।   अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।   यसैगरी

वनमा लागेको डढेलो बस्तीमा पसेपछि चार घर जलेर नष्ट

काठमाडौं । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ । सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले

भारतबाट फर्कने नेपाली कामदारमा कोरोमा संक्रमण देखिदै

काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए । अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए ।