आर्थिक प्रलोभनमा परी चोरीका अभियुक्त छाडेको प्रहरी निरीक्षकमाथि आरोप
बारा । प्रहरी निरीक्षकमाथि घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप लागेको छ । बाराको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई छाडेका हुन् ।प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा चोरी गर्नेलाई प्रहरीले छाडेको हो । गत चैत १४ गते राति त्यहाँ चोरी भएको थियो । चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका