राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी
काठमाडाैं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटा कुल ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । एमालेको माधव नेपाल पक्षका मत नदिएपछि बादल पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका थिए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए