समाज

बांकेमा १३ लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ

बांके/ दिपेशजंग राणा : जुवा तास खेलिरहेको अवस्थामा गएराती नगदसहित १४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज-४ वाइपासस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति (बुधबार राति) ११ बजेर ३० मिनेटमा १४ जनालाई पक्राउ गरेको हो ।  मौरी होटलका संचालक विज्ञान श्रेष्ठले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली परिचालन भएको जनाइएको छ । जुवाखालबाट नगद रु १३ लाख ६३ हजार ८ सय, खोलेको र नयां गरी

वसपार्क प्रहरीको ठुलो सफलता : पेस्तोल र गोलीसहित दुई जना पक्राउ

नेपालगंज : नेपालगंज वसपार्कबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित वाइपास नजिकबाट १ थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित नेपालगंज नगरपालिका–९ र वडा नं १३ बस्ने १७/१७ वर्षिय दुई किशोरलाई गए राति करिव १२ बजे अस्थाइ प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार

आममाफी पाएका व्यक्तिले गरे दुई बच्चासहित पुर्व पत्नीको हत्या

वुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो । हत्या हुनेमा ३१ बर्षीया दिपा बस्याल र उनका छोरी ७ बर्षीया स्नेहा बस्याल र ४ बर्षीया नानी बस्याल रहेका छन् ।  प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै

प्रहरीका ६३ एसपीको सरुवा, रुपन्देहीमा क्षेत्री, बांकेमा घर्ती

काठमाडौं : प्रहरी प्रधान कार्यालयले आज सोमबार नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा/काज गरेको छ ।  सोमबार गरिएको सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् । पाल्पा, रुपन्देही, झापा, बांके, महोत्तरी, सर्लाही, कैलाली, काभ्रे, बागलुङ, चितवन, गोरखा, स्याङ्जा,  जिल्लाका प्रहरी प्रमुखहरु फेरवदल भएका हुन् । जसमध्ये चितवनमा गोविन्द पुरी, बांकेमा राम प्रसाद घर्ती, रुपन्देहीमा प्रदिप क्षेत्री, रौतहटमा नेत्रमणी गिरी, झापामा राजन लिम्बू, महोत्तरीमा हेरम्ब शर्मा, काभ्रेमा कोमल विक्रम

वीरगञ्जमा दुई समुदायबीच झडप, २५ प्रहरीसहित ३७ जना घाइते

वीरगञ्ज : पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो । झडपपछि साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कफ्र्यु लगाइएको छ । उक्त झडपमा १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र

तिनकुने घटनामा ज्यान गुमाएका महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

काठमाण्डौं :  तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्। कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराए। “सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क

सेटिङमा लाइसेन्स वितरण गरेको आरोपमा बांकेबाट ४ जना अख्तियारको फन्दामा

नेपालगञ्ज : यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा करोडौं रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण हुने गरेको रहस्य खुलेको छ । उक्त कार्यमा संलग्न आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ जनालाई नियन्त्रणमा लिएको छ । नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै

शुक्रबारको घटनामा दुई जनाको मृत्यु, प्रहरीसहित ११० घाइते

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवारको घटनामा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरण सार्वजनिक गरेको छ ।  तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा जम्मा एक सय १० जना घाइते भएका छन् ।

तीनकुनेमा प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

काठमाडौं : काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा झडप भएको छ । राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था सिर्जना भएको हो ।  सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

जनकमाण्डरको जिम्मेवारी प्रसाईलाई,धवलशमशेरको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन

काठमाडौं : नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् । प्रसाईंको नेतृत्वमा भोलि शुक्रबार राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरिएको हो । प्रसाईं नेतृत्वमा भोलि हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुबेदीले बताए । पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार