आगो निभाउने क्रममा २२ जना घाइते
मोरङ । मोरङको उर्लाबारीमा एक सुन पसलमा लागेको आगो निभाउने क्रममा ४ प्रहरीसहित २२ जना घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा रहेको सुन पसलमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । घाइतेहरुमा उर्लाबारीका स्थानीय र उर्लावारीमै कार्यरत ४ जना प्रहरी रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर,