समाज

नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी

काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ । शुक्रवार गोरखापत्रमा प्रकाशित सूचना अनुसार असोज ३० सम्म फारम भर्न पाइने छ । सेनाले खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना माग गरेको हो अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष

पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय लालजुङ तामाङकोघर पुरिँदा ६५ वर्षीया तामाङसहित उनका छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो । राति सुतिरेहका

भारतबाट १६ नेपाली बालकको उद्धार

नेपालगंज । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए । उनका अनुसार, ‘रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित

प्रहरी एकेडेमीमा एआइजी थापाको सरुवा

काठमाडौं । नेपाल प्रहरीका एआइजी सहकुल बहादुर थापाको प्रहरी एकेडेमीमा सरुवा भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनले सरुवा गरेको हो । एआइजी थापा कार्य विभागमा कार्यरत थिए । एकेडेमीका एआइजी मुकुन्दराज आचार्यको अवकाशपछि थापाको सरुवा भएको हो । थापा केन्द्रीय सुरक्षा सेलको प्रमुख थिए । उनको सरुवापछि अब डिआइजी बसन्त कुँवरले कार्य विभागको नेतृत्व सम्हाल्ने भएका छन् ।

विष सेवनबाट पाल्पामा एकको मृत्यु

पाल्पा । रिब्दीकोट गाउँपालिका-५ देविडांडाका मेखबहादुर खड्काको विष सेवनबाट मृत्यु भएको छ । उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्काकाे पाल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारद्वारा केही सचिव हेरफेर

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको सरुवालाई तीव्र पारेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव

महाकाली र लास्नु नदीको कटान नेपालतर्फ

दार्चुला । वर्षा नरोकिएपछि महाकाली र लास्नु नदीको वहाव नेपालतर्फ आएको छ । बाढीले बंगाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ । कटानका कारण दर्जनौं घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । दार्चुला सदरमुकाम खलंगा बजार पनि जोखिममा छ । महाकालीको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको महाकाली-४ का स्थानीय मानबहादुर बमले बताए । दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङगा आउने-जाने बाटो बन्द भएको छ

आजवाट सोह्र श्राद्ध सुरु

काठमाण्डौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्र विद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा

बाढीले घर बगाउँदा दार्चुलामा २ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दार्चुलामा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। बाढीले सदरमुकाम खलंगाको बंगाबगडमा दर्जन बढि घर बगाउदा २ जनाको मृत्यु भएको र एकै परिवारका ४ जना सम्पर्कविहीन भएको हो । बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। पहिरोमा पुरिएर नौगाडमा२ जनाको ज्यान प्रहरी निरीक्षक मगरले बताए । बाढीको त्रासका कारण मानिसहरू

पदभार गरेको दोस्रो दिन अस्पताल सरसफाईमा खटिए अध्यक्ष मल्ल

नेपालगंज । बाँकेको खजुरामा अवस्थित ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ परिसरमा सरसफाई गरिएको छ। अध्यक्ष मल्लले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको पदभार गरेको दोश्रो दिन अस्पताल परिसरमा सरसफाइ गरेर आफ्नो कामको शुरूवात गरेका छन् । सरसफाई कार्यक्रममा अध्यक्ष मल्लले अस्पताल परिसरलाई सधै स्वच्छ र सफा राख्नुपर्ने बताउदै सम्पुर्ण कर्मचारीहरुले आ-आफ्नो काम र पाएको जिम्मेवारी पुर्ण रूपमा निर्बाह गर्न समेत निर्देशन दिएका छन् । सरसफाई कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर