प्रहरी बढुवा फेरी रोकियो
काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकार फेरिदा त्यसको असर नेपाल प्रहरीमा परेको छ । अन्तिम तयारी भएको प्रहरी बढुवा रोकिएको छ । गृह मन्त्रालयले डिआइजी लगायत पदमा बढुवाको तयारी गरेको थियो । तर,सरकार फेरिएपछि बढुवा रोकिएको छ । अब कात्तिकमा मात्र बढुवा हुनेछ । जसकारण लामो समय सयौं पद रिक्त हुने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले बढुवा समितिको बैठक रोकेका थिए । जसअनुसार सयौं प्रहरीको करिअरमा असर परेको छ









