मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जोगियो मुख्यमन्त्री पद
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनले बहुमत सांसद्को समर्थन पाएका हुन्। मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यस्तै विपक्षमा ९ मत परेको थियो। १२ जनाले भने मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन्। योसँगै भट्ट नै मुख्यमन्त्रीमा निरन्तर रहने निश्चित भएको छ। भट्टलाई माओवादी केन्द्रको १३ र एमालेका माधव पक्षबाट १७ मत प्राप्त भएको छ। प्रदेश सभामा एमालेका २५, माओवादीका १३,









