सिवाइसी नेपाल लघुवित्तको आइपिओ खुला
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित रु. तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत