अर्थतन्त्र

इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए

९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ । टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

चीनको रेल र तेल: कति भयो काम ?

१४ कात्तिक, काठमाडौं । उच्चस्तरीय भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ८ चैत ०७२ मा नेपाललाई सहयोग पुग्ने गरी व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण सम्झौता भए । तर, त्यसमा अझै ठोस प्रगति देखिँदैन । १० चैत ०७२ मा १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो, जसमा व्यापार र पारवहनमा केन्द्रित विषयहरु समेटिएका थिए । तेलदेखि रेलसम्म संयुक्त वक्तव्यको आठ नम्बर बुँदामा चीनबाट नेपालतर्फ चाँडै व्यावसायिक इन्धन