अर्थतन्त्र

नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाल-भारत संयुक्त कार्यदलमा छलफल

काठमाडौं ६, भदौ । पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नेपाल-भारत संयुक्त कार्यदलको पछिल्लो बैठकमा नयाँ पाइप लाइन बिछ्याउने विषयमा छलफल भएको छ। गत अगष्ट १३ मा भएको भर्चुअल बैठकमा मोतिहारी(अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट भइरहेका काम कारबाहीप्रति दुवै देशका प्रतिनिधिले सन्तुष्ट व्यक्त गरेका थिए। नेपाललाई आवश्यक अधिकांश पेट्रोल यही पाइपलाइनबाट नेपाललाई उपलब्ध भइरहेको छ। यसबाहेक अन्य कुन(कुन ठाउँमा पेट्रोलियन पाइपलाइन निर्माण गर्न सकिन्छ भन्ने विषयले पनि बैठकमा प्रवेश पाएको भारतद्धारा जारी विज्ञप्तीमा

लकडाउनकै विचमा काठमाण्डौका व्यापारीले खोले पसल, भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुल्ने

काठमाण्डौ विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड -19) को कारण लामो समय वन्दावन्दिको मारमा परेका काठमाडौंका व्यापारीहरूले आज लकडाउनकै विचमा सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायत क्षेत्रका पसलहरू खुला भएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने महासंघका अध्यक्ष नरेश कटुवालले वताए । पसलहरू खुला भए पनि नेपाल

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा

यी हुन् अमेरिकाकै धनीको सूचीमा परेका प्रविधि जगतका अर्वपतिहरु

विज्ञान तथा प्रविधिको क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सफल अर्वपतिहरुले यो वर्षपनि अमेरिकाका सबैभन्दा धनी ४ सय मान्छेको सूचिमा आफुहरुलाई अब्बल सावित गरेका छन् । फोब्र्सले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचि The Forbes 400 मा प्रविधि उद्योगका हस्तीहरुको बोलवाला रहेको छ । अमेरिकाका सबैभन्दा धनी चार धनाढ्य मध्ये ३ जना त प्रविधि क्षेत्रकै छन् । त्यस्तै कुल ४ सय जनामा ५९ जना प्रविधि क्षेत्रका रहेका छन् ।

इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए

९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ । टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

चीनको रेल र तेल: कति भयो काम ?

१४ कात्तिक, काठमाडौं । उच्चस्तरीय भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ८ चैत ०७२ मा नेपाललाई सहयोग पुग्ने गरी व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण सम्झौता भए । तर, त्यसमा अझै ठोस प्रगति देखिँदैन । १० चैत ०७२ मा १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो, जसमा व्यापार र पारवहनमा केन्द्रित विषयहरु समेटिएका थिए । तेलदेखि रेलसम्म संयुक्त वक्तव्यको आठ नम्बर बुँदामा चीनबाट नेपालतर्फ चाँडै व्यावसायिक इन्धन