बाढी पीडितलाई पल शाहले गरे सहयोग


  • बाढी पीडितलाई पल शाहले गरे सहयोग

    नायक पल शाह समाजसेवामा निकै सकृय भएर लागेका छन् । कोरोना कहरले समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको सहयोग गरेका पलले फेरि बाढी पिडितलाई सहयोग गरेका छन् ।
    केही हप्ता लकडाउन खुकुलो हुदा म्युजिक भिडियोमा व्यस्त भएका पलले फेरि लकडाउन भएपछी कालिकोटको बाढी पिडितलाई सहयोग गरेका छन् । उनले कालिकोट पुगेर बाढी पहिरोबाट प्रभावित ४० घर परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेका हुन् ।      
    ‘हाम्रो टिम नेपाल’ र ‘पल शाह प्रतिष्ठान’ले सहकार्य गरेर राहत वितरण गरेको हो । दु:खमा परेका नेपालीलाई सहयोग गर्न पाउँदा खुसी अनुभुती गरेको पलले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *