बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


  • तस्विरः फाइल
  • नेपालगन्ज १०, भदौ । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उमपहानगरपालिका– १ का ३७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयोे । छातीको समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलवार दिउँसो तीन बजे रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको गएराती १ः ३० बजे मृत्यु भएको अस्पताललाई उध्रृत गर्दै कोरोना फोकलपर्सन श्रेष्ठले बताउनुभयो । संक्रमित ती विरामीको दुवै फोक्सोमा निमोनिया भएको चिकित्सकहरुले बताएका छन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट पाँचजनाको मृत्युभएको छ । नेपालगन्जमा दुई, कोहलपुर, नरैनापुर र बैजनाथमा एकएकगरी अहिलेसम्म पाँचजनाले बाँकेमा भाइरस संक्रमणबाट ज्यान गुमाएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *