बाँकेमा २९ प्रहरीसहित ४६ जना डिस्चार्ज


  • बाँकेमा २९ प्रहरीसहित ४६ जना डिस्चार्ज
  • नेपालगन्ज ७, भदौ । बाँकेमा आज आइतवार थप ४६ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय १४ पुगेको छ । आज प्रहरीको ठूलो संख्या कोरोनाबाट मुक्त भएको छ । वडा प्रहरी कार्यालयका २९ जना डिस्चार्ज भएका छन् । एकैपटक एउटै कार्यालयका प्रहरी कर्मचारी भाइरस संक्रमित भएपछि वडा प्रहरी सील गरिएको थियो । त्यही वडा कार्यालयलाई आइसोलेसन बनाएर उनीहरु बसिरहेका छन् । यसअघि वडा कार्यालयका संक्रमण पुष्टि भएका ६ जना डिस्चार्ज भइसकेका छन् । आज डिस्चार्ज हुनेमा वडा प्रहरी कार्यालयका इन्चार्जदेखि सहायक इन्चार्जसम्म छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, वडा प्रहरी कार्यालय, खुल्ला कारागार, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा र इन्द्रेणी होटलमा बसेकाहरु डिस्चार्ज भएका छन् । बाँकेमा अहिलेसम्म संक्रमितको संख्या ८ सय २१ पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा २ सय ३ जना बसिरहृेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *