बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग


  • बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

    १२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा रहेका बागलुङ गलकोट क्षेत्रका व्यक्तिहरुबाट मात्रै २२ लाख ५८ हजार ४ सय ४४ रुपैयाँ रकम संकलन भएको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए । वि.सं. २०१४ सालमा स्थापना भएको ६० वर्ष प्रवेश गरेको सुखद अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म विद्यालयले हीरक महोत्सव मनाउन गइरहेको छ । हीरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाले बताए । यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढी विद्यालयका पूर्व विद्यार्थीहरु हाल जापानको विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यरत रहेका छन । रोजगारीका लागि जापानमा रहेका उनीहरूले गाउॅमा हुने स्थानीय कार्यक्रम, मेला, महोत्सवदेखि सामाजिक संघसंस्था, विद्यालय सञ्चालन लगायतका काममा सहयोग गर्दै अएका छन् । गत भदौ २० गते विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी माघमा विद्यालयको हीरक महोत्सव मनाउने निर्णय गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *