डीसीमा गायक शिव परियारको धमाका


  • डीसीमा गायक शिव परियारको धमाका

    २ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा संक्षेपमा जानकारी गराएका थिए । साथै गीतले के भन्न खोजेको र परिस्थितिको बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरेका थिए । अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए ।
    परियारले  “पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए ।
    उक्त कार्यक्रममा सबै उमेरका दर्शक र सहभागी भएका लाई नचाएका थिए । उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभावको कारण करीब ५ वटा गीत गाएका थिए l
    गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को बर्ष अमेरका आउदा एक सांगीतिक मण्डली लिएर आउने इच्क्षा व्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *