लकडाउनकै विचमा काठमाण्डौका व्यापारीले खोले पसल, भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुल्ने


  • लकडाउनकै विचमा काठमाण्डौका व्यापारीले खोले पसल, भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुल्ने

    काठमाण्डौ विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड -19) को कारण लामो समय वन्दावन्दिको मारमा परेका काठमाडौंका व्यापारीहरूले आज लकडाउनकै विचमा सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायत क्षेत्रका पसलहरू खुला भएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने महासंघका अध्यक्ष नरेश कटुवालले वताए । पसलहरू खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने सवैअपनाइने उनले बताए । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताए । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् । महासंघका महासचिव अञ्जन शाक्यले लकडाउन उल्लङ्घन गर्नु रहर नभएको बताए । उनले यसलाई लकडाउन उल्लङ्घनको रुपमा नभई जीविकोपार्जनका लागि पसलहरू खोलिएको रुपमा बुझ्नुपर्ने बताए । वानेश्वरलगायत क्षेत्रहरूमा बिहानै पसल खोल्न पुगेका केही व्यवसायीहरूलाई भने प्रहरीले फर्काइदिएको छ । जबरजस्ती खोले बल प्रयोग गर्ने प्रहरीको चेतावनीपछि वानेश्वरलगायतका केही क्षेत्रका पसलहरू भने खुल्न बाँकी रहेको महासंघले बताएको छ । न्युरोडका केही व्यापारीले लकडाउनको समयमा पनि कर तिर्न भनेको विषयमा ब्यानर बोकेर विरोध जनाए । उनीहरूले लामो समयसम्म लकडाउन हुँदा व्यापार व्यवसाय गर्न नपाएको, आम्दानी नभएकाले कर तिर्न नसक्ने समेत बताएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *