छोरी वचाउन खोज्दा ८७ वर्षीया आमाको जलेर मृत्यु



  • धरान सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान ८ः१५ बजे आगलागी हुंदा छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण काठको घर जलेर नष्ट भएको छ । माथिल्लो तलामा रहेकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीले आगलागी हुन थालेपछि धनमायाले आफ्नी छोरीलाई लिन गएकी थिइन् । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहान ८ः१५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । योबाहेक जनपद, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले पनि आगलागी नियन्त्रणमा सहयोग गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *