पाँच महिनाको शिशुसहित कर्णालीमा कोरोना संक्रमितको संख्या २७८



  • कर्ण शाही, सुर्खेत कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना गरी १६ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *