नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो


  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो
  • काठमाण्डौ नेपालमा कोरोना भाइरसको संकमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा २० गते मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । अहिले उनको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *