रुकुम घटनाका आरोपितलाई अदालतद्धारा १० दिन म्याद थप


  • रुकुम घटनाका आरोपितलाई अदालतद्धारा १० दिन म्याद थप
  • रुकुम पश्चिम रुकुमको चाैरजहारी स्थित सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतले जनाएको छ । सोती घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्य २ जना अझै फरार छन् । जेठ १० गते शनिबार प्रेमिकाकाे गाउँमा जाजरकोट बाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *