चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दाहाल


  • चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दाहाल

    काठमाण्डौ आर. सापकोटा चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक तथा गीतकार दयाराम दाहाल नुयुक्त भएका छन । निर्माता केशव भट्टराईको असामयिक निधन पश्चात रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो। बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये निर्देशक दाहाललाइ बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *