यूएईको सारजाह र म्यानमारबाट १९४ नेपाली स्वदेश फर्किए


  • यूएईको सारजाह र म्यानमारबाट १९४ नेपाली स्वदेश फर्किए

    काठमाणडौ यूएईको सारजाहबाट १६८ जना नेपाली नागरिक शुक्रबार साँझ स्वदेश फर्किएका छन् । यूएईको सारजहबाट एयर अरेवियाको विमानमार्फत् उनीहरू स्वदेश फर्किएका छन् । यो बिमानबाट १६८ जना नेपाली आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । सरकारले रोजगारीमा विभिन्न देशमा गएका नेपाली स्वदेश फर्कन चाहेमा ल्याउन दिने निर्णय गरेसँगै नेपाली रहेका विभिन्न देशका सरकार एवं नेपालस्थित राजदूतावासमार्फत् प्रक्रिया अगाडि बढाएको थियो । यसअघि आजै बिहान म्यानमारबाट पनि २६ जना नेपाली स्वदेश फर्किएका थिए । म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ जना नेपालीले शुक्रबारै घर जान पाउने भएका छन् । कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकोले सबै जनालाई घरमा पठाइएको हो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *