नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाल-भारत संयुक्त कार्यदलमा छलफल


  • नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाल-भारत संयुक्त कार्यदलमा छलफल

    काठमाडौं ६, भदौ । पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नेपाल-भारत संयुक्त कार्यदलको पछिल्लो बैठकमा नयाँ पाइप लाइन बिछ्याउने विषयमा छलफल भएको छ। गत अगष्ट १३ मा भएको भर्चुअल बैठकमा मोतिहारी(अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट भइरहेका काम कारबाहीप्रति दुवै देशका प्रतिनिधिले सन्तुष्ट व्यक्त गरेका थिए। नेपाललाई आवश्यक अधिकांश पेट्रोल यही पाइपलाइनबाट नेपाललाई उपलब्ध भइरहेको छ। यसबाहेक अन्य कुन(कुन ठाउँमा पेट्रोलियन पाइपलाइन निर्माण गर्न सकिन्छ भन्ने विषयले पनि बैठकमा प्रवेश पाएको भारतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नेपाल(भारत संयुक्त कार्यदल सन् २०१७ मा गठन भएको थियो। यो कार्यदलको पहिलो बैठक गत जनवरीमा सम्पन्न भएको थियो। पछिल्लो बैठक केवल दोस्रो हो। कार्यदलमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव बी एन रेड्डी र उनका नेपाली समकक्षीले प्रेमकुमार श्रेष्ठ छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *