राजनीति

फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।  जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा

उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बिहान प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । यस्तै वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु दुबै जनाले राजीनामा दिएको उपेन्द्रका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै केन्द्रमा यादवले

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, सपथ आज ५ बजे

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । शपथ आज बिहीबार अपराह्न ५ बजे हुने भएको छ । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे । असअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त

आज गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को

रेशम चौधरीको फेसबुकमा स्टाटस, लेख्छन-सम्बन्ध सबै समाप्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले जिम्मेवारी पाएपछि नाउपाका नेता रेशम चौधरीले तारनतार स्ट्याटसमार्फत भडास पोखिरहेका छन् । केही दिन पहिले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँगको फोटो आफ्नो सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको समर्थन फिर्ता लिने चेतावनी दिएका रेशमले उक्त स्ट्याटसको चर्चा सेलाउन नपाउँदै आफ्नै पार्टीका अर्का सांसद मन्त्री नियुक्त भएपछि उनी आक्रोसित भएका हुन् । आजै पनि थापालाई शपथ नगराउन मुख्यमन्त्री दीर्घ सोडारीलाई

ओलीले दिए सुहाङलाई बधाई मतदातालाई धन्यवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम- २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । इलाम- २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इमालका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए । उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा

रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

इलाम । इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । बैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपालाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो । तर, अन्तिम मत परिणाम आउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन सकेनन् । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार

इलाम २ मा सुहाङ ५८३० मतान्तरले विजयी

इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिवंगत संविधानसभा अध्यक्ष एवं

सुहाङ नेम्वाङले फेरि अग्रता

इलाम । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा एमालेका सुहाङ नेम्वाङले फेरि अग्रता बढाएका छन् । उनी १९ हजार ११४ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्का ६ हजार ४३९ मतले पछाडि छन् । यसअघि उनी पाँच हजार ८५७ मतले पछाडि थिए । खड्काले १२ हजार ६७५ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत पाएका छन् । राष्ट्रिय

पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि