विशेष समाचार

सरकार र यातायात मजदुरबीच वार्ता हुँदै

काठमाडौं । आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरलाई वार्ताका लागि बिहान ८ बजे मन्त्रालय बोलाएका हुन् । ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए । सडक अवरुद्ध गरेका थिए । उनीहरूले प्रहरीका दुई भ्यानमा समेत आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी

यातायात मजदुरसँगको झडपमा २० प्रहरी घाइते

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा भएको यातायात मजदुरसँगको झडपमा परी २० जना प्रहरी घाइते भएका छन् । सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिवेश लोहनीका अनुसार केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । अन्दोलनकारीले प्रहरीका दुई गाडीमा आगजनी गरेको छ । त्यस्तै प्रहरी बिटमा समेत आगनजी भएको छ । उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो चार बजे बस्ने भएको हो ।यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर चार बजेका लागि सारिएको हो । सचिवालयले मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसमा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८/७९ को प्रतिवेदन प्रस्तुत

आन्दोलनकारीले जलायो बालाजु प्रहरीको गाडी र बिट

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण बालाजु क्षेत्र तावग्रस्त बनेको हो । आन्दोलित यातायात मजदुरहरुले बालाजुमा प्रहरीको दुई वटा भ्यान जलाएका छन् । उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट जलाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर

गृहमन्त्री नपाए रास्वपा सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारमा जाने नजाने बारे छलफल नगरेको बताइएको छ । बैठक पछि सञ्चारकर्मीहरुसँग रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सरकारमा जाने नजाने विषयमा छलफल नभएको बताए । उनले सहमति बन्नसकेमा भने सरकारमा जान सकिने बताएका छन् । ग‍ृह मन्त्रालय आफ्नो भागमा परेकोले पार्टी सरकारमा सहभागि बने उक्त मन्त्रालय

१० दिनभित्रमा एमाले गठबन्धन भत्केर कांग्रेसको नेतृत्वमा बन्छ: गगनको थापा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले आज (सोमबार) रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले फागुन १० गतेसम्म एमाले नेतृत्वको गठबन्धन परिवर्तन भइसक्ने बताए । उनले भेन, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ उनले कांग्रेस नेतृत्वको गठबन्धन बन्ने र कांग्रेसको राष्ट्रपति बन्ने उनले बताए । उनले भने,

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । मन्त्री किरातीले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार सुरू गरेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच काठमाडौंस्थित होटल याक एण्ड एतीमा द्विपक्षीय वार्ता भएको हो । बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको बताइएको छ । भारतीय विदेश सचिव क्वात्रा पराराष्ट्र सचिव पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका थिए ।

राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीका कारण आज अत्यधिक सवारी जाम भएको छ । राष्ट्रपतिले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले जताततै सवारी जाम भएको हो । राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो तीन बजे बजेपछि संसद् भवन पुगेका थिए । अहिले उनी फर्किसकेका छन्

हामीले जो भन्छौं उही राष्ट्रपति हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति आउने बताएका छन् । राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा ओलीले भने– ‘हामीले जो भन्छौं उही हुन्छ ।’ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । राष्ट्रपतिबारे सत्ता गठबन्धन दलमा एकमत देखिँदैन । अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा यतिमात्र भने- हेर्दै जाउँ के हुन्छ ।