विशेष समाचार

प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा, निमित्त आइजिपी वने सहकुल

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका हुन् । हरेक वर्ष अमेरिकामा हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उनी अमेरिका लागेका हुन् । सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको भ्रमणमा सिनियर एआइजी सहकुलबहादुर थापा निमित्त आइजिपी भएका छन् । आइजिपी सिंह करिब दुई सातापछि फर्कने बताइएको छ । उनीसँगै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि भ्रमणमा निस्किएका छन् ।

पहिरोमा परेर रूकुम पश्चिममा आमा-छोरीको मृत्यु

रुकुम पश्चिम । रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए। माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए। भेरी नगरपालिका १ मैतेस्थित माइतीमा

सुरक्षा प्रमुख सिंह र अर्याल अमेरिका जांदै

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।

बार्सिलोनाको सानदार जित

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थियो । क्याम्प नोउमा आइतबार राति भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले गोलको खाता

फिफाले गर्यो भारतलाई अनिश्चित निलम्बन

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) मा बाहिरी शक्ति हावी भएपछि भारतलाई निलम्बन गरेको छ । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो । फिफाको यस

पहिरोका कारण कर्णाली र म्याग्दीमा सडक अवरुद्ध

काठमाण्डौ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आइतबार बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । आइतबार बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अवरुद्ध भएको हो

माओवादीका दुई मन्त्रीले दिए राजीनामा

कर्णाली । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् । मन्त्री विष्ट र सिंहले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता

प्रहरी सेटिङमा अवैध धन्दा फस्टाउदै

बाँके । बाँकेको कोहलपुर क्षेत्रमा प्रहरी सेटिङमा अवैध धन्दा फस्टाएको छ । कतिसम्म भने लागुऔषध कारोबार गर्नेहरुले समेत प्रहरीका घुमुवासँग सेटिङ मिलाएका छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले प्रहरी हवल्दार गोपाल खड्का, सहायक हवल्दार शशी शाह र जवान घनश्याम केसीलाई घुमुवाका रुपमा खटाएका छन् । उनीहरुले पछिल्लो समय लागुऔषध कारोबारीसँगै मासिक एक लाख रुपैयाँसम्म उठाउन थालेको स्रोत बताउँछ । कोहलपुर नगरपालिका–११ स्थित सानिामा क्याफे र डोको होटलमा

रत्नपार्क-भोटाहिटी अण्डरपासमाथिको संरचना भत्काइँदै

काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपा बनाइएको भन्दै भत्काउन थालेको हो ।   पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु गरिएको हो । सबवेभित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती

त्रिविमा नेविसंघ-अनेराश्ववियु झडप, तीन जना घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले बिथोल्ने प्रयास गरेको छ । नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसै क्रममा अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्यो । त्यसपछि दुईपक्षबीच झडप भएको हो । झडपमा २ विद्यार्थी र १ जना प्रहरी घाइते भएका छन् । प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी रुकेश ताण्डुकारका अनुसार त्रिविको पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो