समानुपातिकका लागि दल दर्ता भदौ १० देखि
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदश पेश गर्न आब्हान गरेको छ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौं देखी १२ भदौं सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग