काठमाडौंको मेयरका लागि कांग्रेसका पाँच जनाको नाम सिफारिस
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौंको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको महानगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको सभापति नीलकाजी शाक्यले जानकारी दिए । मेयरका लागि दाबी गरेका पाँचै जनाको नाम सिफारिस गरिएको उनले बताएका छन् । काठमाडौंबाट मेयरका लागि सिफारिस हुनेमा हरिप्रभा खड्गी, नीलकाजी शाक्य, सुसन वैद्य, सिर्जना सिंह र प्रगतिमान रञ्जित रहेका छन् ।