विशेष समाचार

जापानले दिने खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौं स्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको एस्ट्राजेनेकाको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त

जीप दुर्घटनामा परी गुल्मीमा ५ जना घाइते

काठमाडौं । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया

भुटानले दिने अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडाैं । भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ । चार्टर्ड फ्लाइटबाट खोप आउन लागेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । मुलुकका १६ लाख ज्येष्ठ नागरिक कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाइमा छन् । भुटानबाट आउन लागेको उक्त खोपको म्याद ग्रुजने मिति नजिकै भएकाले कुनै ढिलाइ बिना लगाउने तयारी भैरहेको

साउन २६ गतेदेखि प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति

काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी तोकेकी छन् । बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन

अध्यक्ष होइन अधिकार चाहिन्छ : नेता नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन् । तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन् । ‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ

चितवनमा लागूऔषधसहित एक महिला पक्राउ

चितवन । चितवनको भरतपुर–११ बाट अबैध लागूऔषधसहित एक जना महिला पक्राउ परेकी छन् । सानु तामाङको घरमा लागूऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले घर खानतलासी गर्दा सानु तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उक्त घरमा सानु तामाङलाई फेला पारी उनको शरीर खानतलासी गर्दा सानु तामाङले लगाएको सुरुवालको बाँया खल्तीबाट लागुऔषध डाइजेपाम, फेनरागन, ब्युप्रिनोर्फिन ९–९ एम्पुल फेला पारिएको छ । त्यस्तै, उनको घर कोठामा राखिएको काठको दराज भित्रको

सरुवा बढुवामा अनियमितता भएको छैन : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा,बढुवामा अनियमितता नभएको स्पष्ट पारेको छ । सरुवा, बढुवामा आर्थिक अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा प्रहरी प्रधान कार्यालयले नियमसम्मत रुपमा प्रहरी संगठन चलिरहेको दाबी पनि गरेको छ । सरुवा,बढुवाजस्ता वृत्ति विकासका अवसरहरु स्थापित सर्वमान्य विधि र पद्धतिका आधारमा निष्पक्ष, पारदर्शी र नियम सम्मत रुपमा कार्यान्वयनमा आइरहेको प्रहरीको भनाइ छ । प्रहरीले तथ्यहीन समाचारको भ्रममा नपर्न पनि आग्रह गरेको छ । ‘नेपाल

माधब नेपाल र प्रचण्डविच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका बरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज विहान नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड र नेता नेपालबीच दिनहुँजसो भेटवार्ता चलिरहेको छ । शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव

सांसदहरुले अव राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने

काठमाडौं । सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ । अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आज (आइतबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ । यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल