विशेष समाचार

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् । तस्बिर : एनएसजेएफ यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् ।

सरकारलाई सफल बनाउने ५ दलीय गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो । ‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीका अनुसार गठबन्धनका नेताहरूले पहिलो

उपेन्द्र यादव पक्षद्वारा निर्वाचन आयोगमा उपस्थित हुने निर्णय

काठमाडौं   जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको उक्त पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ । शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । त्यस्तै जसपाका अर्को पक्षले

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना खोप लगाउन अनलाइन दर्ता अनिवार्य

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन अनलाइन दर्तालाई अनिवार्य गरिएको छ।स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउने पाउने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा विद्युतीय दर्ता नम्बर लिएरमात्र खोप लगाउन पाउने भन्ने उल्लेख भएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। ‘मिति २०७८/०४/०१ को पत्रमा उल्लेख भएकोले काठमाडौं जिल्लाका ५० वर्ष वा सो भन्दा मुनिका

मन्दिरको सुन चोर्ने पाँच जना ६ महिनापछि पक्राउ

काठमाडौं । बैतडीको प्रहरीले एक मन्दिरको सुन चोर्ने पाँच जनालाई ६ महिनापछि पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन चोर्ने पाँच जनालाई पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ। गत पौषमा लटिनाथ मन्दिरको ९ तोला सुन चोरीएको थियो। उक्त सुन चोर्नेमा दोगडाकेदार १ रीमका २० बर्षीय धनबहादुर कार्की, ३५ बर्षीय केशव सार्की, सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्की रहेका छन्। उनीहरु सबैलाई प्रहरीले पक्राउ गरेको

गुरुजनहरुलाई सम्मान गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले

शाही नेविसंघ सिटिइभिटी जिल्ला समन्वय समितिको संयोजकमा मनोनीत

नेपाल बिद्यार्थी संघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा निराजन शाहिलाइ मनोनीत गरिएको छ। समितिका अध्यक्ष महेन्द्र जंग शाहिले कालिकोट जिल्ला अध्यक्षमा शाहिलाइ मनिनित गरिएको जानकारी दिए। समितिले रिक्त रहेका विभिन्न जिल्लाहरुमा संयोजक तोक्ने कार्य गरिरहदा बालाजु स्कुल अफ इन्जिनियरिङमा इकाइ सचीव समेत रहेका निराजन शाहिलाइ नेविसंघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको अध्यक्षमा मनोनीत गरिएको हो। कालिकोट जिल्लमा CTEVT अन्तर्गत धेरै शिक्षालयमा विद्यार्थी र सरोकारवाला बिचको समन्वय तथा शैक्षिक सुधार

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती बढेको भन्दै थप सुरक्षाकर्मी परिचालन

काठमाडौं । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ । राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उहाँको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अहिले उहाँमा सुरक्षा

स्वास्थ्यका मापदण्ड पालना गर्दै इद मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर