विशेष समाचार

प्रहरीमा तीन एसएसपीको दरबन्दी खाली, आकांक्षी धेरै

काठमाडौं । बिहीबारदेखि नेपाल प्रहरीमा एसएसपीका तीन दरबन्दी रिक्त भएका छन् । तीन एसएसपीले ३० वर्षे सेवाअवधि नै पूरा नगरी उमेहदका कारण अवकाश पाएका हुन् । बिहीबार एसएसपी दिलिप चौधरीले अवकाश पाए । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । आफुलाई डिआइजी बढुवामा अन्याय भएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गुनासो गरे । चौधरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । एसपी बढुवा हुँदा पहिलो नम्बरमा

बंगलादेशी र नेपाली चढेको डुंगा दुर्घटना, १० जना वेपत्ता ४ जनाको सकुसल उद्धार

काठमाडौं । क्यारेबियन सागरको कोलम्बियाकिनारामा लुकिछिपि अमेरिका जादै गरेका बंगलादेशी र केही नेपाली आप्रवासी चढेको डुंगा समुन्द्रमा दुर्घटना हुदा १० जना बंगलादेशी हराइरहेकाे र ४ जनाकाे उद्धार गरिएको खबरहरु सार्वजनिक भएका छन् । ४ जना बंगलादेशी आप्रवासी नागरिक क्यारिबियन सागरको नजिकै कोलम्बिया अन्तर्गत प्रुटो इस्कन्डिडो नजिक डुंगामा डुब्दै गर्दा उद्धार गरिएका छन् । घटना गएको मंगलबारकाे भएको बुझिएको छ ।उक्त डुंगामा सवार यकिन कति जना बेपत्ता छन् तथ्य विवरणहरु प्राप्त

राष्ट्रपति भन्डारीद्धारा विभिन्न संवैधानिक निकायमा नियुक्ति

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग लगायत निकायमा नियुक्ति गरेकी छिन् । संवैधानिक परिषद्को सिफारिसमा ती निकायमा नियुक्ति भएको हो । जसअनुसार अख्तियारको आयुक्तमा डा हरि पौडेल र डा सुमित्रा अमात्य नियुक्त भएका छन् । लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीको नियुक्ति भएको छ । विभिन्न २० वटा संवैधानिक पदमा नियुक्तिको निर्णय भएको र आजै सपथ हुने राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण

नेपालगञ्ज उमनपाको बजेट एक अर्ब ५४ करोड

नेपालगंज । नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ । नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले

गण्डकीसंगै लुम्बिनी प्रदेशमा चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ । महाशाखाले साँझ माैसम बुलेटिन जारी गर्दै भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे हाे । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले चुम्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

न्युजिल्यान्डले बुधबार भारतलाई ८ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र उसले लगातार क्याच छाडेको थियो । न्युजिल्यान्डले त्यसको फाइदा उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो ।न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रनमा नटआउट रहे । यस्तै रस टेलरले ४७ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी

आइजिपीका ब्याजी चौधरी एसएसपीबाट अवकाश पाउदै

काठमाडौं । बिहीबारदेखि अवकाश पाउन लागेका नेपाल प्रहरीका एसएसपी दिलिप चौधरीले आफुमाथि अन्याय भएको बताएका छन् । लागू औषध नियन्त्रण ब्यूरोमा कार्यरत एसएसपी चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बढुवामा आफुलाई राजनीतिक आस्थाका आधारमा अन्याय गरिएको बताए। एसएसपी चौधरीले उमेरहदका कारण अवकाश पाउन लागेका हुन् । डिआइजीमा बढुवा भएको भए उनले ३० वर्ष नै सेवा गर्न पाउथे । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । एसपी बढुवामा आफ्नो ब्याचमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २/२ रुपैयाँले बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलको मूल्यमा २/२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब पेट्रोल १२७ रुपैयाँ प्रति लिटर,  डिजेल ११० रुपैयाँ प्रति लिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।    

अन्तर्राष्ट्रिय उडान भोलिबाट आन्तरिक असार १७ वाट सञ्चालन गरिने

काठमाडौं । सरकारले भाेलिबाट अन्तर्राष्ट्रिय तथा १७ असारबाट आन्तरिक उडान सञ्चालन गर्ने भएकाे छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट सुरु गर्ने निर्णय गरेको हाे । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । त्यसकाे व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि सुरु गरेका छन्

संसद पुनः स्थापनाको माग सम्बन्धि मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुनेछ । प्रतिनिधिसभा विघटन बिरुद्ध ३० रिट परेकोछ । निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् । इजलासमा जबरा सहित