समाचार

संघर्षमा पुनः उत्रिए मिटरब्याजीपीडित

काठमाडौं । मिटरब्याजपीडित पुनः आन्दोलित भएका छन् । मिटरब्याजपीडितलाई कानुनी न्याय दिन सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजीपीडित पुनः संघर्षमा उत्रिएका हुन् । पीडितले आइतबार मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले मिटरब्याज विरुद्धको नयाँ कानून पारित गराउन माग गर्दै माइतीघरबाट प्रदर्शन गरेका छन् । साथै, उनीहरुले नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रर्दशन गरेका छन् । मिटरब्याज पीडितहरूले सरकारले जाँचबुझ र अनुसन्धानका नाममा जिल्लामा

कलाकार ताम्राकार मृत भेटिए

काठमाडौं ।कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । उनी बिहीवार राति काठमाडौंको रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रक्ता एसपी सीताराम रिजालले ३१ वर्षिय ताम्राकारले आत्महत्या गरेको हुनसक्ने बताए । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रवक्ता रिजालले जानकारी दिए । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’

पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल सरकारका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न तत्कालीन सचिवहरू दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको छ । त्यसमध्येका एक पूर्वसहसचिव सुधीर

राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक

इन्सपेक्टर बोहरालाई बिशेष अदालतको सफाइ

काठमाडौं । काठ तस्करीको अभियोग लागेका इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहराले सफाई पाएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार सफाइको फैसला गरेको हो । काठ तस्करी गर्न लागेको बेला इन्सपेक्टर बोहरा तथा केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित पक्राउ गरी अख्तियारमा बुझाएका थिए । आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्याई

आजबाट दिन लामो, रात छोटो हुने

काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका

कांग्रेस जिल्ला सभापतिहरूको भेला आजबाट काठमाण्डौमा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् । आजबाट सुरु हुने भेला भोलि (शुक्रबार) सम्म जारी रहनेछ । बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुनेछ । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल

पहिरोले पुरिँदा अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी बताए। पहिरोमा परि सचिन रास्कोटी सामान्य घाइते भएका छन् । उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको छ।

सातै प्रदेशका अधिकांश भु-भागमा पानी पर्ने

काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम

कांग्रेस नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । गठबन्धनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै कांग्रेस संसदीय दलका नेता उद्धप थापा मुख्यमन्त्री बन्ने भएका छन् । तर, थापा नेतृत्वको सरकारका राष्ट्रिय प्रजातन्त्र पार्टी भने सहभागी नहुने भएको छ । गठबन्धनको निर्णयपछि दृष्टिन्यूजसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब प्रदेश सरकारमा सहभागी हुने सम्भावना लगभग समाप्त