पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्यारूसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्का वा